Breaking

रुस युक्रेनबीचको युद्ध रोकिने देखिएन कुनै छाटकाँट


काठमाडौँ – रुसले युक्रेनमा आक्रमण गरेको ८ दिन सम्म पनि युद्ध रोकिने कुनै छाटकाँट देखिएको छैन । बरु यहि युद्धलाई लिएर विश्व समुदाय विभाजित बनीरहेको छ । जसकाकारण परमाणु हतियार प्रयोग हुने तथा तेस्रो विश्वयुद्ध हुने आँकलन गरिएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेको ८ दिन भयो । जुन युद्धले युक्रेनमा त क्षती पुगेको छ नै, रुसलाई पनि आर्थिक रुपमा क्षती भैरहेको छ । त्यति मात्र हैन विश्वका अन्य ठुला र साना देशमा पनि युद्धको असर परिरहेको छ । मान्छेलाई मान्छेले मार्ने युद्ध अब विश्वमा नहुने अन्तराष्ट्रिय जगतको विश्लेषण विपरित यतिवेला रुस र युक्रेन विच विनासकारी युद्ध भईरहेको छ ।

दोस्रो विश्वयुद्धमा अधिकांस देशले ठुलो मानविय र भौतिक रुपमा क्षति भोग्न पुगे । त्यसपछि मानव मानव विच काटमारको स्थीत अब आउन नदिने भन्दै संयुक्त राष्ट्रिसंघको स्थापना पनि भयो । तर एउटा स्वतन्त्र देश युक्रेनमा रुसले आक्रमण गरे पछि विश्व समुदाय नै विभाजित भए सँगै तेस्रो विश्वयुद्ध हुने छनक देखिएको हो ।

यतिवेला, रुस र युक्रेनको युद्धबाट हजारौ सैनिक र सयौ नगारिकले ज्यान गुमाइसकेका छन् । आठ दिनको अन्तरालमा १० लाख भन्दा बढी युक्रेनी नागरिकले देश छाडेका छन् भने २० लाख नगारिक आन्तरिक रुपमा विस्थापीत भइसकेका छन् । युक्रेनका सहरी इलाकामा आक्रमण तीब्र पारेको रुसले त्यहाँको सरकारी संचार गृह समेत ध्वस्त पारेको छ ।

यता रुस पनि आन्तरीक रुपमा विभाजित हुदै छ । विहिबार मात्र रुसका व्यापारीले आफ्नै राष्ट्रपति पुटिनको टाउकोको मूल्य १० लाख अमेरिकी डलर तोकेका छन् । रुसी व्यापारी अलेक्स कोनान्खिनले पुटिनलाई पक्राउ गरेको खण्डमा रुसी सैनिक अधिकारीलाई १० लाख अमेरिकी डलर दिने घोषणा गरेका हुन् ।

रुसी अर्वपति हरुको सम्पती पश्चिमा देशले फ्रिज गरे पछि पुटिन माथि थप दवाब शिर्जना भएको छ । त्यस्तै, युक्रेनका साइभर सेनाले रुसका विभिन्न क्षेत्रमा हमला गर्दै महत्वपुर्ण क्षेत्रमा असर पुर्याएका छन । यता, पुटिन भने पछि हट्ने पक्षमा देखिएका छैनन् ।

युक्रेनको राजधानी किभको एउटा क्षेत्र नै रुसी सेनाले कब्जा गरेका छन । यसले के संकेत गर्छ भने केहि दिनमा नै रुसले युक्रेन कब्जा गर्ने छ । तर कब्जा पछि युक्रेनको नेतृत्व कसलाई हस्तान्तरण गर्ने भन्ने अन्योल पुटिनलाई भएको चर्चा चलिरहेको छ ।

त्यस्तै, सयौ गुणा शक्तिसाली रुसले आक्रमण गरेको ८ औ दिनमा पनि किन कब्जा जमाउन नसकेको भन्ने आंकलन पनि हुन सक्छ । तर, युक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेन्सीको नीतिले रुसले पुर्ण रुपमा कब्जा भने जमाउन सकेको छनै ।

आफ्नु देसमा विभाजन नआओस भनेर राष्ट्रपति जेलेन्स्कीले भावानात्मक रुपमा जनतालाई र विश्व जगतलाई सहयोगको अपलि गर्नु ले नै युक्रेन ८ दिन सम्म पनि टिकीरहेको विश्लेषण गरिएको छ । यता, अमेरिका पनि रुस र युक्रेनलाई लिएर सक्रीय देखिएको छ ।

अमेरिका विश्व समुदायलाई युक्रेन र आफ्नु पक्षमा समर्थन जुटाउनु साना देखि ठुला राष्ट्रका प्रमुखहरु सँग निरन्तर छलफल गरिरहेको छ । यदि युक्रेन र रुस विचको युद्ध तेस्रो मुलुकमा पनि पुग्यो भने तेस्रो विश्वयुद्ध हुने निस्चीत जस्तै छ ।

त्यस्तै, गत, आइतबार रुसी राष्ट्रपति पुटिनले आफ्नो मुलुकको परमाणु हतियार सम्मिलित प्रतिरोधक बललाई विशेष भूमिकामा सक्रिय रहन निर्देशन दिए पछि झन विश्व नै त्रसित भएको छ ।