राजनीति

युक्रेनबाट नेपाली फर्काउन भारतको सहयोग


काठमाडौँ – रुस–युक्रेनबीचको युद्ध आक्रमक बन्दै गएपछि युक्रेनमा रहेका नेपालीलाई फर्काउन भारतले सघाउने भएको छ ।

नयाँदिल्लीस्थित नेपाली राजदूतावासको आग्रहमा भारतले युक्रेनको सीमा क्षेत्रबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपालीहरूलाई घर फर्काउनको लागि सघाउने पु¥याउने भएको हो ।

दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत रामप्रसाद सुवेदीका अनुसार भारतले युक्रेनबाट हंगेरी, रोमानिया, स्लोभाकिया र पोल्यान्डमा पुगेका नेपाली नागरिकहरुलाई उद्धार गरिदिन लागेको हो ।