राजनीति

विज्ञापनसम्बन्धी आचारसंहिता नियन्त्रण नभई नियमनको लागि: अध्यक्ष हुमागाँई


काठमाडौँ – विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाँईले विज्ञापनसम्बन्धी आचारसंहिता सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्ने नभई नियमनको लागि बनाइएको बताउनु भएको छ । आज विभिन्न सञ्चारमाध्यमसँगको छलफलपछि उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष हुमागाँईले विज्ञापनसम्बन्धी आचारसंहिताले विज्ञापन बजारमा देखिएका विकृति र विसंगतिहरुलाई अन्त्य गर्न सहयोग गर्ने बताउनु भयो । उहाँले आचारसंहिताले विज्ञापन बजारलाई पारदर्शी बनाउने बताउनु भयो ।

अध्यक्ष हुमागाँईले आजको छलफलमा विज्ञापन दाताहरुलाई छनोटको सुविधा उपलब्ध हुनुपर्ने र उपभोक्ताहरुलाई प्रतिकुल हुने गरी विज्ञापन गर्न नहुने विषयको बारेमा छलफल गरिएको बताउनु भयो ।

अध्यक्ष हुमागाँईले केही सञ्चारमाध्यमहरुलेआफू स्वनियममा बस्छु भनेपनि आफूखुशी विज्ञापनका दररेटहरु कायम गर्ने गरेको बताउनु भयो । उहाँले समस्या विज्ञापन एजेन्सीमा मात्र नभएको भन्दै सञ्चारमाध्यम र विज्ञापन दातामा पनि समस्या भएकोले यसलाई नियमन गर्न कुनै एक पक्षको मात्रै सहभागिताले सफल नहुने बताउनु भयो ।