राजनीति

कम्युनिष्ट नेता कृष्णराज बर्मा अस्पताल भर्ना


काठमाडौँ – श्वासप्रश्वासमा समस्या देखिएपछि कम्युनिष्ट नेता कृष्णराज बर्मा आज बिहीबार अस्पताल भर्ना भएका छन् ।श्वासप्रश्वासमा समस्या भए पछि ह्याम्स अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । उनलाई निमोनिया समेत देखिएकाले आईसीयूमा राखेर उपचार भइरहेको छ ।

उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ । ९३ वर्षीय बर्मालाई केही दिनअगाडि छातीमा समस्या देखिएको थियो । २००७ सालको राणाविरोधी आन्दोलनकालदेखि नै राजनीतिमा सक्रिय नेता बर्मा २०४६ सालको जनआन्दोलनका प्रमुख नेतामध्ये एक हुन् ।