देश

एमसिसी योजना पाँच वर्षभित्रै सक्ने प्रतिबद्धता


काठमाडौँ -सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि बोल्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले ५ वर्ष भित्रमा करिब ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रियस्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउनतर्फ सरकार रहेको बताए ।

उनले एमसिसी पास गर्न सहयोग गर्ने राजनीतिक दलहरुले अब एमसिसी समयमै सक्नको लागि पनि एकजुट भएर सहयोग गर्न आग्रह गर्नुभयो। मन्त्री कार्कीले संसदको अवरोध हटाउन प्रमुख प्रतिपक्ष दल नेकपा उमालेसँग आग्रह गर्ने बताए ।
उनले एमसिसी पास भएपछि अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता बढेको भन्दै एमसिसीबाट जनतालाई रोजगार बनाउने बताए ।