Breaking

सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच एमसीसी र निर्वाचन राजनीतिक विषयमा छलफल


काठमाडौँ – सत्ता गठबन्धनका शीर्ष नेताहरूबीच एमसीसी र समसामायीक राजनीतिक घटनाक्रम बारे छलफल भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तासीन चार दलको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी परियोजनालाई ५ वर्ष भित्रमै सक्ने सरकारको लक्ष्य रहेको बताउनु भएको छ ।

कार्कीले ५ वर्ष भित्रमा करिव ३१५ मिटर ट्रान्समिसन लाइन र अन्तर्राष्ट्रिय स्तरको सडक निर्माण गर्ने लक्ष्य पूरा गरेर मुलुकको गरिबी निवारण र देशलाई दिगो आर्थिक विकासतर्फ अघि बढाउने लक्ष्य सरकारको रहेको बताउनु भयो ।

कार्कीले आजको बैठकमा अबको विकसित राजनीतिक परिस्थितिको बारेमा सरकारको भुमिका र संसद अवरोधका बारेमा छलफल केन्द्रित भएको बताउनु भयो ।

मन्त्री कार्कीले यो गठबन्धन देशमा सुशासन, स्थायित्व र विकासका लागि बनेकोले अझै अघि बढ्ने बताउनु भयो ।