समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु


काठमाडौँ- मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा चालकको मृत्यु भएको छ । जिल्लाको रम्भा गाउँपालिका १ पन्टारमा लु ७९ प ९८ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा सोही ठाउँका ३३ वर्षीय पवन थापाको मृत्यु भएको हो ।

मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका थापाको उपचारका क्रममा बुटवलको चौराहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाले जानकारी दिएका छन् । थापालाई पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचार हुन नसकेपछि बुटवल रेफर गरिएको थियो ।