Breaking

एमसीसी अनुमोदनसँगै वामपन्थीहरूको कुदिन सुरु, कांग्रेसभन्दा वामपन्थी राष्ट्रघाती भए : राधाकृष्ण मैनाली (भिडियोसहित)


काठमाडौँ — पार्टीको नितिगत निर्णय भन्दा व्यक्तिगत स्वार्थका आधारमा निर्णय लिने शीर्षस्थ नेताहरुको चरित्रका कारण राजनीतिक दलहरु निजि सम्पत्ती जस्तै बन्दै गएका छन । जसले पार्टी भन्दा व्यक्तिवादी प्रवृत्ती हावी हुदै गएको छ भने कार्यकर्ता र दोश्रो तहका नेताहरुको क्षमतामाथि समेत प्रश्न उठ्न थालेको छ । फलत : कार्यकर्ताहरु केवल टाउँको गन्तीमा सिमित बन्न थालेका छन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले जसरी पनि एमसीसी पास गर्ने अडान लिँदा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले वोलेका कुराहरु यतिवेला धेरैले सम्झिरहेका छन । एमसीसी प्रति अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको यु टर्न र अभिव्यक्तिबाट रुष्ट बनेका अर्का नेता नारायणकाजि श्रेष्ठले पार्टी नै फुटाउने तयारी गरेको सम्मका चर्चा भैरहेका छन् । निर्णयबाट असन्तुष्ट श्रेष्ठले नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवसंग भेटवार्ता नै गरेका छन भने प्रचण्डले श्रेष्ठलाई फकाउन सुरु गरेका छन ।

एमसीसी प्रकरणमा पार्टीभित्र विवाद देखिएसँगै पूर्वएकता केन्द्रका नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेल, विश्वनाथ साह, सांसद अञ्जना बिसंखे र युवा नेता जीवन गौतम लगायतले विद्रोह गरेर पार्टी फुटाउने हुन् कि भन्ने प्रचण्डमा त्रास बढेको छ । पार्टी महाधिवेशनले यथास्थितीमा एमसीसी पारित गर्न नसकिने निर्णय गरे पनि प्रचण्ड एक्लैले व्याख्यात्कम टिप्पणीको साहरामा सो संझौता पारित गर्ने निर्णय लिएपछि माओवादी आन्तरिक विवादमा फसेको छ । प्रचण्डको यहि निर्णयका कारण एमसीसीका विरुद्धमा चर्को वोल्दै आएका लेखनाथ न्यौपाने, लिलामणि पोखरेल लगायतका नेताहरुले त चर्को नैतिक प्रश्नको सामना गरिरहेका छन । यसै सन्दर्भमा योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा वरिष्ठ वापन्थी नेता राधाकृष्ण मैनालीसँग गरिएको कुराकानी :