राजनीति

धनगढी मेयरमा गोपाल हमालको उम्मेदवारीको घोषणा


काठमाडौँ – गोपाल हमालले धनगढी उपमहानगरपालिकाको स्वतन्त्र मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन्।धनगढीमा बिहीबार एक कार्यक्रम गरेर हमालले मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका हुन् । २०७४ को स्थानीय तह निर्वाचनमा थोरै मतले पराजित हमालले ‘धनगढी मोडल’ बनाउन फेरि स्वतन्त्र उम्मेदवारी दिन लागेको बताए ।

‘मेयरमा जितेँ भने धनगढी उपमहानगरपालिकाबाट एक रुपैयाँ लिने छैन,’ हमालले भनेका छन्, ‘सरकारी गाडी पनि चढ्दिनँ। मेयरको कुनै सुविधा चाहिँदैन। धनगढीलाई नमुना बनाउन काम गर्छु ।’ उनले मेयरमा आफू यो अन्तिम पटक लड्न लागेको बताए। ‘मलाई यो सबै धनगढी र सुदूरपश्चिमले दिएका हुन् उनले भने मलाई यो माटोले धेरै थोक दिएको छ । अब म पाँच वर्ष धनगढीको सेवामा तल्लीन हुन चाहन्छु ।