काठमाडौँ युक्रेनमाथि रुसको हमलाका कारण १० लाख युक्रेनीले देश छाडेका छन् । राष्ट्रसंघको अनुसार एक सातको अवधिमा १० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिन पुगेका छन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमाला गरिरहेको छ ।
ट्वीटरमा एक विज्ञाप्ति जारी गर्दै राष्ट्रसंघको शरणार्थीसम्बान्धी उच्च आयुक्त फिलिप्पो ग्रान्डीले भनेका छन्– ‘बन्दुकहरु बिसाउन बिन्ती गर्छु, ताकि देशमा रहेका लाखौंलाई जीवन बचाउने मानवीय सहायता प्रदान गर्न सकियोस ।’युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।


प्रतिक्रिया