राजनीति

माओवादी केन्द्र विभाजनको डिलमा : पार्टी छाड्ने सोचमा पुगेका श्रेष्ठले भेटे प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान छलफल भएको छ ।

संसदबाट एमसीसी अनुमोदनमा आफ्नो पार्टी माओवादी केन्द्र पनि सहभागी भएपछि श्रेष्ठ अध्यक्ष प्रचण्डसँग असन्तुष्ट छन् । यस क्रममा उनले पूर्वएकताकेन्द्र पक्षधर समेटेर माओवादी केन्द्र नै छाड्ने तयारी गरेपछि प्रचण्ड रोक्ने प्रयासमा छन् ।

बुधबार दिनभर पूर्वएकता केन्द्र र जनमोर्चानिकट नेताहरूबीच छलफल भएको थियो। पार्टी विभाजन हुन नदिन माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुन अनन्तले पनि श्रेष्ठसँग भेटवार्ता गरेका थिए ।

त्यसलगत्तै आज बिहीबार बिहान श्रेष्ठले अध्यक्ष प्रचण्डलाई खुमलटारस्थित उनकै निवास पुगेर भेटेका हुन् । एक नेताका अनुसार पूर्वएकता केन्द्र पक्षधर नेताहरू शुक्रबार सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा सहभागी हुनेरनहुने निर्णय गर्न आज पनि दिनभर छलफलमा जुट्ने भएका छन् ।