राजनीति

विशेष अदालतको अध्यक्षमा श्रीकान्त पौडेल नियुक्त


काठमाडाैँ – विशेष अदालतको अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश श्रीकान्त पौडेल नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद् बैठकले न्यायाधीश पौडेललाई विशेष अदालतको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सदस्यहरुमा सरकारले न्यायाधीशहरु रमेशकुमार पोखरेल, यमुना भट्टराई, शालिग्राम कोइराला, वलभद्र बास्तोला र खुशीप्रसाद थारुलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले नियुक्तिको जानकारी दिएका हुन् ।

त्यसैगरी राजस्व न्यायाधीकरण काठमाडौंको कानून सदस्य एवम् अध्यक्षमा उच्च अदालत पाटनका न्यायाधीश टेकप्रसाद ढुंगानालाई तोक्ने निर्णय गरिएको छ। खानेपानी महशुल निर्धारण आयोगको अध्यक्ष एवं सदस्य सिफारिस समितिको सदस्यमा भुपेन्द्रप्रसाद अर्याललाई नियुक्त गरिएको सरकारका प्रवक्ता कार्कीले जानकारी दिए ।