राजनीति

अमेरिका गर्याे ‘व्याख्यात्मक घोषणा’सहितको एमसीसी स्वीकार


काठमाडौँ — अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) ले र नेपाल सरकारबीचको भएको ५० करोड अमेरिकी डलरबराबरको अनुदान सम्झौता नेपालको संसदबाट पारित गरेकोप्रति स्वागत गरेको छ ।

अमेरिकाको वासिङ्टनस्थित मुख्यालयले प्रतिनिधिसभाबाट पारित भएको उक्त सम्झौताको एक विज्ञप्ति उल्लेख गर्दै अनुमोदन गरिएको सम्झौता कार्यान्वयनको दिशामा भएको जनाएको छ ।

सम्झौतालाई लिएर नेपालमा विवाद भएपछि सत्ता गठबन्धनले १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन गरेको थियो । एमसीसी सम्झौतालाई अनुमोदन गर्ने निर्णयले नेपाल सरकारलाई सार्वभौमसत्तासम्पन्न लोकतान्त्रिक राज्यको रूपमा सधैं कायम राखेको पनि विज्ञप्तिमा उल्लेख छ ।