राजनीति

राप्रपाद्वारा राजसंस्था पुनस्र्थापनाको कार्यनीति नरहेको स्पष्ट


काठमाडौँ – राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापना आफ्नो पार्टीको कार्यनीति नरहेको स्पष्ट पार्नु भएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राजसंस्थाप्रति आस्था र सम्मान हुने तर अहिलेको कार्यनीति भने नहुने प्रष्टयाउनु भएको हो ।

उहाँले हिन्दु राष्ट्र, सुशासन र समृद्धि आफ्नो पार्टीको मुख्य मान्यता रहेको बताउनु भयो । धर्मनिरपेक्षताको खारेजी र संघीयताको परिमार्जन गर्न आफ्नो पार्टीले जोड दिने अध्यक्ष थापाको भनाई थियो ।

त्यस अवसरमा अध्यक्ष थापाले पार्टीमा मनोनित पदाधिकारीहरुलाई प्रमाणपत्र प्रदान गर्दै उत्साहका साथ काम गर्न निर्देशन दिनु भयो ।