राजनीति

वैदेशिक सम्बन्धलाई दलहरुले सत्तारोहणको सिढी बनाएको अध्यक्ष लिङ्देनको आरोप


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहणको सिढी बनाएको आरोप लगाउनुभएको छ ।

आज राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले प्रमुख राजनीतिक दलहरुले वैदेशिक सम्बन्धलाई सत्तारोहण गर्ने सिढीको रुपमा प्रयोग गरेका कारण वैदेशिक सम्बन्ध खल्खल्लिन पुगेको बताउनुभएको हो ।

प्रमुख राजनीतिक दलहरुकै कारण नेपाल शक्ति राष्ट्रहरुको रणनीतिक प्रतिस्पर्धा स्थलको रुपमा परिणत भएको उहाँले बताउनुभयो । उहाँले दलहरुको सत्ता केन्द्रीत क्रियाकलापका कारण देश गम्भिर संकटतर्फ उन्मुख भएको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले देशको प्रमुख राजनीतिक दल र नेताप्रति जनताको विश्वास मर्दै गएको जिकिर गर्नुभयो ।