काठमाडौँ – नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गर्नु भएको छ । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताउनु भएको हो ।
उहाँले स्थानीय आवश्यक्तालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरुले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गर्नु भयो । तर यस विषयमा सत्तारुढ दल भित्र भने कुनै छलफल भईनसकेको उहाँको स्पष्टिकरण छ । स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उहाँले त्यसका लागि सरकार अघि बढिसकेको बताउनु भयो ।
प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतीमा लिएर संसद सूचारु गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताउनु भयो ।


प्रतिक्रिया