राजनीति

जसपाले आगामी असारमा विधान महाधिवेशन गर्ने


काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) ले आउँदो असारमा विधान महाधिवेशन गर्ने भएको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकले असार १ र २ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

बैठकले फागुन २८ गते संघीय परिषद बैठक बस्नेसमेत निर्णय गरेको छ । साथै जसपाले फागुन २९ र ३० गते केन्द्रीय कमिटी बैठक समेत बोलाएको छ ।