राजनीति

प्रतिनिधि सभाको बैठक स्थगित


काठमाडौ– प्रतिनिधि सभाको बैठक फागुन २२ गते सम्मका लागि स्थगित भएको छ।

एमालको अवरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामीला मन्त्री दीलेन्द्र प्रसाद बडुले आर्थिक वर्ष २०७७र७८ को राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

बैठकमा एमालेका सांसदहरुले सभामुखको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा कायम नगरेको भन्दै एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको छ।