राजनीति

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गते बस्ने


काठमाडौँ — नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ ।

पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।

माओवादीको केन्द्रीय कमिटी बैठक राष्ट्रिय सभागृहमा बस्नेछ । माओवादी केन्द्रको बैठक गत पुस २५ गतेदेखि पटक–पटक सर्दै आएको छ । यो पटक भने सर्ने संभावना कम रहेको माओवादी नेताहरु बताउँछन् ।