राजनीति

नेतृत्व असफल भयो, वामपन्थीको छवि पनि सकियो, यसरी जनतामाझ बाँच्न सकिन्नँ : जीवन गौतम (भिडियोसहित)


काठमाडौँ — एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा अन्तरविरोध चुलिएको छ । नेताहरुको चाहनाविपरित नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीमा अघि बढेपछि नेताहरु असन्तुष्ट बनेका हुन् ।

एमसीसी अनुमोदन गर्न नेतृत्वले साथ दिए जुत्ता हान्छौं भनेका लेखनाथ न्यौपाने जस्ता नेताहरु अहिले नेकपा माओवादी केन्द्रभित्र असन्तुष्ट छन् ।फलतः अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अडान बेचेरै भए पनिएमसीसी अनुमोदनमा साथ दिएपछि पार्टीभित्रको विवादछताछुल्ल भएको हो । एमसीसीमा फरक मत राख्ने पार्टीभित्रकै नेताहरुलाई पेलेरै अनुमोदन गर्न अघि बढेपछिअहिले नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल र लेखनाथ न्यौपानेलगायतका नेताहरु आक्रोशित बनेका छन् । तर जुत्ता हान्ने तहमा पुगेका उनीहरु अब के गर्छन् प्रश्न उठेको छ ।

माओवादी केन्द्र एमसीसीको मुद्धामा सडकदेखि सदनसम्म विभाजित थियो । नेतृत्वले जे चाहेको थियो सडकमा उत्रिएको कार्यकर्तापंक्तिले त्यो चाहेको थिएनन् । तर पनि अध्यक्ष प्रचण्ड कार्यकर्ताहरुलाई नै गुमराहमा राख्दै एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिन पुगे ।

अन्तिम अवस्थामा ३६० डिग्रीकै शैलीमानेतृत्वले विश्वास तोडेपछि कार्यकर्तामात्रै निराश भएका छैनन् । संसद्मै उभिएर नेताहरुले विरोध जनाएका थिए । तर प्रचण्डले त्यसलाई नजरअन्दाज नै गरिरहे । यसै सन्दर्भमा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमसँग योहो टेलिभिजनको कार्यक्रम योहो बहसमा गरिएको कुराकानी :