राजनीति

रेखा थापा बनिन् राप्रपाको केन्द्रीय सदस्य


काठमाडौँ — अभिनेत्री रेखा थापासहित १४ जनालाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को केन्द्रीय सदस्य बनाइएको छ ।

पार्टीको विधानबमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले उनीहरूलाई राप्रपाको केन्द्रीय सदस्य पदमा मनोनयन गरेका हुन् । गत मंसिरमा काठमाडौँमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा रेखा थापा महामन्त्री पदमा कुन्ती शाहीसँग हारेकी थिइन् ।