राजनीति

माओवादीमा विवाद चर्कियो, प्रचण्डको धम्कीले नारायणकाजी पार्टी छोड्ने तहमा (भिडियोसहित)


काठमाडौँ — एमसीसी अनुमोदनको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा अन्तरविरोध चुलिएको छ । नेताहरुको चाहनाविपरित नै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमसीसीमा अघि बढेपछि नेताहरु असन्तुष्ट बनेका हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक अडान बेचेरै भए पनिएमसीसी अनुमोदनमा साथ दिएपछि पार्टीभित्रको विवादछताछुल्ल भएको छ ।एमसीसीमा फरक मत राख्ने पार्टीभित्रकै नेताहरुलाई पेलेरै अनुमोदन गर्न अघि बढेपछिअहिले नारायणकाजी श्रेष्ठ, देव गुरुङ, लिलामणि पोखरेल, गिरिराजमणि पोखरेल र लेखनाथ न्यौपानेलगायतका नेताहरु अहिले आक्रोशित बनेका छन् ।

माओवादी केन्द्र एमसीसीको मुद्धामा सडकदेखि सदनसम्म विभाजित थियो । नेतृत्वले जे चाहेको थियो सडकमा उत्रिएको कार्यकर्तापंक्तिले त्यो चाहेको थिएनन् । तर पनि अध्यक्ष प्रचण्ड कार्यकर्ताहरुलाई नै गुमराहमा राख्दै एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई साथ दिन पुगे । अन्तिम अवस्थामा ३६० डिग्रीकै शैलीमानेतृत्वले विश्वास तोडेपछि कार्यकर्तामात्रै निराश भएका छैनन् । संसद्मै उभिएर नेताहरुले विरोध जनाएका थिए । तर प्रचण्डले त्यसलाई नजरअन्दाज नै गरिरहे ।

एमसीसी अनुमोदन हुनुभन्दा अगाडी नेता देव गुरुङले एमसीसीका सवालमा आफ्नो पार्टी विपक्षमै उभिने दृढ विश्वास बाडिँरहेका थिए । उनी जस्तै अर्का नेता लिलामणि पोखरेलले त पार्टी एमसीसीको पक्षमा उभिएर पास गर्न भूमिका खेले आफुले पार्टी नै छोड्ने सार्वजनिक अभिव्यक्ति नै दिएका थिए । पार्टीभित्रको दोस्रो ठुलो नेताका रुपमा रहेका नारायणकाजी श्रेष्ठले समेत माओवादीले एमसीसीमा मत दिए आफुलाई स्वीकार्य नहुने बताउँदै आएका थिए । एमसीसीविरुद्धको प्रदर्शनमा सडकमै उपस्थिति भएका उनी अहिले आफ्नै चाहनाविपरित प्रचण्ड अघि बढेपछि असन्तुष्टमात्रै बनेका छैनन, अब पार्टीमा कसरी अघि बढ्ने सोचिरहेका छन् । तर अध्यक्ष प्रचण्डले आफ्नो विरोध गर्नुभन्दा बामदेवको बाटोमा हिड्न छुट रहेको सुझाव दिएका छन् ।

असन्तुष्टहरुलाई पार्टी छोडेरै जानसक्ने सुविधा रहेको भन्दै धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएपनि नेताहरुको आक्रोशले प्रचण्डलाई झस्किएको छ ।यसैकारण मंगलबार नेता नारायणकाजी श्रेष्ठको निवासमै पुगेर फकाउने कोशिस गरे ।एमसीसी पास गर्न नहुने अडान राख्दै आएका नेता श्रेष्ठले १२ बुँदे ब्याख्यात्मक घोषणालाई पनि स्वीकारेका छैनन । यही विषयलाई लिएरप्रचण्ड र नेता श्रेष्ठबीच मतभेद चुलिएको छ । एउटा अटिलो पंक्तिनै प्रचण्डकोकदमका विरुद्धमा उत्रिएपछि अब पार्टीको भविष्यमाथि प्रश्न उठाउन थालिएको छ ।