राजनीति

भोलि बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक


काठमाडौँ — प्रतिनिधिसभाको भोलि बुधबार बस्ने बैठकको संभावित कार्यसूची सार्वजनिक भएको छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको संभावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन पेश गर्नेछन् ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६ र नेपाल हवाइ सेवा प्राधिकरण विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ ।