राजनीति

प्रचण्डले भने – एकता जोगाऔँ, श्रेष्ठको जवाफ : तपाईंले नै निस्केर जा भन्नुभयो


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका छन् ।

आइतवार अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता माओवादीको समेत समर्थनमा संसदबाट पारित गरिएपछि तीव्र असन्तुष्टि जनाएका वरिष्ठ नेता श्रेष्ठसँग उनकै निवास पुगेर मंगलबार दिउँसो छलफल गरेका हुन् । संसदबाट एमसीसी अनुमोदन भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्र विभाजनको डिलमा पुगेको छ ।