राजनीति

बलात्कार आरोपमा पक्राउ एमाले सांसद बानियाँ निलम्बित हुँदै


काठमाडौँ — एकजना शिक्षिकामाथि बलात्कार आरोपमा पक्राउ परेका प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद मोहन बानियाँ निलम्बित हुने भएका छन् ।

जुम्ला घर भएकी माओवादी नेतृ एवम् शिक्षिकालाई होटलमा बोलाएर बलात्कार गरेको आरोपमा उनलाई बाँके प्रहरीले सोमबार साँझ नेपालगञ्जबाट पक्राउ गरेको थियो । प्रहरीले बानियाँलाई पक्राउ गरेको औपचारिक जानकारी दिएपछि सांसद बानियाँ निलम्बित हुने संघीय संसद सचिवालयले जनाएको छ।