प्रवास

युक्रेनका नेपाली नागरिकलाई सीमा क्षेत्रमा जान सरकारको आग्रह


काठमाडौं – सरकारले युक्रेनमा रहेका नेपाली नागरिकलाई छिमेकी देशको सीमा क्षेत्रमा जान आग्रह गरेका छन् । राजधानी किभुमा कर्फ्यु खुकुलो पारेको भन्दै नेपाली दूतावासले युक्रेनको पोल्याण्ड, स्लोभाकिया, हंगेरी र रोमानियाको सीमा क्षेत्रमा जान आग्रह गरेका छन् ।

युक्रेनको पूर्वी, उत्तरी र मध्य क्षेत्रमा रहेका नेपालीलाई सीमा क्षेत्रको सुरक्षित स्थानमा आउने उपयुक्त मौका रहेको नेपाली दूतावासले जनाएका छन् । दूतावासले केही समस्या परेमा सम्पर्क गर्न दूतावासका अधिकारी र गैर आवासीय नेपाली संघका प्रतिनिधिहरुको टेलिफोन नम्बरहरु पनि सार्वजनिक गरेका छन् ।