समाचार

महाशिवरात्रीमा सजिएको पशुपति, तीन ठाउँबाट दर्शन गर्ने व्यवस्था


काठमाडौँ – हिन्दु धर्मवलम्बिहरुको महत्वपूर्ण चाड महाशिवरात्रीको पूर्वसन्ध्यामा पशुपतिनाथ क्षेत्रमा भतmजनहरुको घुइचो लाग्न थालेको छ । पशुपति क्षेत्र विकास कोषले पशुपति दर्शनमा आउने भतmजनहरुले सहजै रुपमा मन्दिर दर्शन गर्न पाउने दाबी गरेको छ । आराध्यदेव भगवान शिवको पूजा–आरधना गरी मनाईने महाशिवरात्रीको रौनकताले पशुपति क्षेत्र धपक्क बलेको छ । भतmजनहरुको स्वागतमा पशुपति क्षेत्र तमतयार छन ।

हरेक वर्ष फागुन कृष्ण चतुर्दशीको दिन मनाईने महाशिवरात्री पर्वका अवसरमा नेपालसँगै भारत लगायत दक्षिण एसियाका विभिन्न मुलुकबाट समेत भतmजनहरु पशुपति दर्शनमा आउने गर्छन । शिवरात्रीको अघिल्लो दिन पशुपति क्षेत्रमा भतmजनहरुको भीड ह्वातै बढेको छ ।

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीको सम्पुर्ण तयारी पूरा भएको जनाएको छ । कोषले भक्तजनहरुको सुरक्षा र दर्शनलाई व्यवस्थित बनाउनुको साथै आवास, भोजन, लाइटिङ, स्वास्थ्य, वातावरण, सरसफाई, स्वयंसेवा परिचालन, साधुसन्तको सेवा लगायत सबै विषयलाई प्राथमिकता दिएको जनाएको छ ।

महाशिवरात्री पर्वलाई व्यवस्थित गर्न ५ हजार बढी स्वंमसेवक परिचालन हुनेछन् । विभिन्न संघसंस्थाको पहलमा नि.शुल्क खाना, स्वास्थ्य सेवादेखि जुत्ता चप्पल राख्ने लकरसम्मको व्यवस्थापन गरेको छ ।

यो वर्ष मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड दक्षिणमूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक÷एक लाईन, जयवागेश्वरी इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट पश्चिम ढोकाबाट १ लाइन, बत्तिसपुलती, गौशाला तथा एअरपोर्ट गौशाला भएर पिङ्गलास्थान सुमार्गी भवन अगाडि चारशिवालय पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट एक÷एक लाइन गरि बाहिरी रुपमा तीन स्थानबाट पशुपति दर्शन गर्न लाइनको व्यवस्था गरिएको छ ।