विदेश

यूक्रेनद्वारा रूसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता


काठमाडौँ – युक्रेनमा भईरहको आक्रमणलाई रोक्न युक्रेनले अदालतमा मुद्दा दर्ता गराएको छ । युक्रेनमा बिहीबारबाट सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको हो ।

युक्रनेमा भएको ‘आक्रमण’ रोक्न आदेश दिन उच्च अदालतलाई आग्रह गरेको युक्रेनी राष्ट्रपतिले जानकारी गराए ।

ट्वीटरमा यस बिषयबारे जानकारी गराउँदै यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘यूक्रेनले रूसविरुद्ध आफ्नो आवेदन अन्तर्राष्ट्रिय अदालत (आईसीजे)मा पेश गरेको छ । आक्रामक गतिविधिबारे सफाइ दिन जातीय संहारको धारणालाई छलकपट गरेकोमा रूसलाई जवाफदेही ठहर्याउनुपर्छ । हामीले आइसीजेसँग रूसलाई अहिले नै सैन्य गतिविधि बन्द गर्न र अर्को हप्ता मुद्दामा सुनुवाई हुनेगरी तत्काल निर्णय गर्न अनुरोध गर्छौं ।’ यूक्रेनले द हेगस्थित संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायलयमा आधिकारिक रूपमा रूसविरुद्ध मुद्दा दायर गरेको छ ।