समाचार

१८० थपिए कोरोना संक्रमित, चार जनाको मृत्यु


काठमाडौँ – पछिल्लो २४ घण्टामा नेपालमा थप १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११९ जना र ३ हजार १२३ जनाको एन्टिजेन परीक्षण गर्दा ६१ जना गरी १८० जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमणका कारण एक जनाको मृत्यु भएको छ भने ४ सय जना संक्रमणमुक्त भएका छन् ।