राजनीति

राष्ट्रवादको नाममा भ्रमको खेती गर्नेहरूको काम बन्द भयो: प्रवक्ता महत


काठमाडौँ – नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एमसीसी संसद्बाट पारित भएसँगै राष्ट्रवादको नाममा भ्रमको खेती गर्नेहरूको काम बन्द भएको पनि बताए । सोमबार पत्रकार सम्मेलन गरी पार्टीको धारणा सार्वजनिक गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

“अफवाह, भ्रम र द्विविधा चिर्दै संसद्ले एमसीसी सहयोगअन्तर्गत आर्थिक सहायता अनुमोदन गर्‍यो । प्रतिपक्षि दलबाट पनि सहयोग प्राप्त भएको बुझेका छौँ,” महतले भने, “प्रधानमन्त्री शेरबहादुर देउवाको परिपक्क निर्णय र धैर्यताले यो सम्झौता अनुमोदन गर्ने आधार तय भएको हो ।”

एमसीसी जुन स्प्रिटमा संसद्बाट पास भयो त्यही स्प्रिटमा लागु हुनेछ पनि उनले बताए ।