राजनीति

फुट्यो सत्ता गठबन्धन


काठमाडौँ – सरकारमा रहेको पाँच दलिय सत्ता गठबन्धन अन्तत फुटेको छ । पाँच मध्येकाे एक दल राष्ट्रिय जनमोर्चाले आफूहरु सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको छ ।

आइतबार राति संसदबाट एमसीसी पास भएकोप्रति गम्भीर असहमति जनाउँदै राष्ट्रिय जनमोर्चाले सत्ता गठबन्धनबाट अलग भएको घोषणा गरेको हो । राष्ट्रिय जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले सत्ता गठबन्धनका चार पार्टीले षड्यन्त्र, जालझेल, तिकडम गरेर संसदबाट एमसीसी पास गरेको भन्दै गठबन्धनबाट अलगिने निर्णय गरेको हो ।

‘साम्राज्यवादीहरुको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको विरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ’, बैठकपछि जनमोर्चाले भने, ‘गठबन्धनबाट देशको सार्वभौमसत्ता र अखण्डतालाई गम्भीर क्षती पुगेकोले त्यसबाट हाम्रो पार्टी आजकै मितिदेखि अलग भएको घोषणा समेत गर्दछौँ ।’