देश

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ


काठमाडौँ – दोहाबाट कतार एयरवेजको विमानबाट नेपाल आएका सप्तरीको मौवावेल्हीका ३६ वर्षीय एमडी सौकात अलीलाई अवैध सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ ।

चेकजाँचको क्रममा उनको साथबाट सात लाख अन्ठानब्बे हजार नौ सय त्रिसट्ठीरुपैयाँ बराबरको बरामद भएको विमानस्थल प्रहरीले जनाएको छ । उनीमाथि आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।