राजनीति

एमसीसी पारित ! देउवाले यसरी विफल बनाए ओली


एमसीसी पारित गर्न प्रचण्ड–माधवप्रधानमन्त्री शेरबहादुर देउवाकै कित्तामा उभिएपछि राजनीतिका चतुर खेलाडी केपी शर्मा ओली पुनः पछारिएका छन् ।एमसीसीकै मुद्धामा गठबन्धन फुटाउने तयारी गरेका ओली देउवाको प्रयोगमात्रै बन्नु परेको हो । राजनीतिक चाल चल्न र चलाखी गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुलाई निकै अब्बल दर्जा खेलाडीमान्छन् ।

त्यहीँ चलाखीलाई बल बनाएर गठबन्धन फुटाउने पुरापुर विश्वास गरेका उनले शनिबारसम्म निकै आत्मविश्वासका साथ अभिव्यक्ति दिइरहेका थिए । एमसीसीलाई गठबन्धन फुटाउने अन्तिम अवसरका रुपमा बुझेका ओलीलेप्रधानमन्त्री शेरबहादुर देउवासँगचारपटक बालकोटमा, दुईपटक बालुवाटार र एकपटक संसद् भवन नयाँ बानेश्वरमा भेटवार्ता गरे ।

तर देउवाको कुटिल चालमा फसेका ओली प्रयोग मात्रै भएको पत्तै पाएनन् । प्रधानमन्त्री देउवाले एमसीसी अनुमोदनका लागि प्रचण्डसँग खेल्न र उनलाई गलाउन ओलीको अत्यधिक प्रयोग गर्दै आइतबार एमसीसी अघि बढाउन सफल भएका छन् ।

यसअघि एमसीसीको विपक्षमा मतदान गर्ने अठोट लिएका माओवादी र नेकपा एकीकृत समाजवादीले पनिदेउवासँग ओली मिल्ने डरकै कारण अन्तिममा अडान बेचेरैपारित गर्न सहमति गरेपछि अब एमसीसी राजनीतिमा ओलीको भूमिका किनाराकृत भएको छ ।

बालकोट पुगेर प्रचण्ड–माधवलाई तर्साउने र प्रचण्ड–माधवलाई बालुवाटार बोलाएरओली बहकाउने गोलचक्कर नै काटेका देउवा अन्ततः गठबन्धनलाई गलाएर सहमति जुटाउन सफल भएका हुन् । राजनीतिक रुपमा देउवा आफ्नो मिशनमा सफल भएका छन् र ओली फेरि असफल ।

देउवा र ओली मिल्दाआफ्नो राजनीतिक भविष्य नै संकटमा पर्ने डरकै कारण थुरथुरबनेका प्रचण्ड–माधवले ब्याख्यात्मक घोषणाको नाम दिएरकार्यकर्ता झुक्याउँदै देउवासँग सहमति जनाएका हुन् । तर उनीहरुकै पार्टीमा विभाजित मतले आगामी दिनमा अझ चुनौति थप्ने छ ।किनकि ब्याख्यात्मक घोषणा वा टिप्पणी भनेको गठबन्धन बचाउनकै लागि गरिएको सौदाबाजी र फेस सेभिङ भन्दा अर्काे होइन ।

एमाले अध्यक्ष ओलीलाई गत असार २८ गते सत्ताच्यूत गरेपछि प्रचण्ड–माधवले सफलता हासिल गरेका थिए । यसका लागि देउवासँग ओलीको दुरी बढाएर जति फाइदा उनीहरुले लिए, अहिले ओलीले प्रचण्ड र देउवाबीच दुरी बढाएर उत्तिकै फाइदा लिन खोजिरहेका थिए । यसका लागि गठबन्धन फुटाउनु अपरिहार्य थियो ।

तर सत्तासँग सधैं टाँसिने आदत परेका प्रचण्डले गठबन्धन फुटेर सत्ताच्यूत हुँदा पुनः सत्तामा आउन ओलीसँग मिल्न सक्छन् भन्ने बुझेका देउवाले गठबन्धनलाई सहमतिमा ल्याउनु नै हितकर ठाने । र अन्तिममा ओलीकै प्रयोग गरेर प्रचण्ड–माधवलाई झुकाउन सफल भए ।

यता प्रचण्ड–माधव ब्याख्यात्मक टिप्पणीमार्फतजस्तो सुकै विवादित विषयमा पनि सहमत हुन सकिन्छ भन्ने गलत मान्यता स्थापित गर्न सफल भए ।ओली पुनः आफ्नो राजनीतिक मुद्धामा असफल सिद्ध भएका छन् ।