राजनीति

व्याख्यात्मक घोषणा होइन, जनता ठग्ने ठगपत्र हो: भीम रावल (भिडियो)


काठमाडौँ – नेकपा एमालेका सांसद भीम रावलले एमसीसीको व्याख्यात्मक घोषणा ठगपत्र भएको टिप्पणी गरेका छन् । एमसीसीको व्याख्यात्मक घोषणामाथिको छलफलमा उनले भ्रामक घोषणा भएको दाबी गरे ।

राष्ट्रियतामाथिको विषयमा हतार हतार संविधान मिचेर संसद्मा पेश गरिएको बताए । उनले दमन गरेर प्रधानमन्त्रीले अनुमोदन गर्न लागेको आरोप पनि लगाए ।