राजनीति

सदनलाई सडकको चुनौती, एमसीसीले तात्यो सडक



काठमाडौँ – अमेरिकी सहयोग परियोजना एमसीसी विरोधकैबीच संसदीय छलफलमा प्रवेश गरेको छ । ठूलै राजनीतिक रस्साकस्सी पछि सत्तागठबन्धन दलहरुबीच व्याख्यात्मक टिप्पणी सहितसदनमा प्रस्तुत गर्ने सहमतिपछि एमसीसी बारे छलफल सुरु भएको हो । तर सत्तारुढ दलकै नेता कार्यकर्ता देखि एमसीसीको विपक्षीमा रहेकाहरु अझै पनि एमसीसी खारेजी गर्न संघर्षरत छन् ।

सर्वत्र विरोधकैबीच अमेरिकी सहयोग परियोजना एमसीसी ससंदीय छलफलमा प्रवेश गरेको छ । लामो समयदेखि राजनीतिक दाउपेच बनेको एमसीसी अन्तत सत्ता गठबन्धनमा विपक्षीमा उभिएका नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले व्याख्यात्मक टिप्पणी सहित एमसीसी अगाडि बढाउन स्वीकार गरेपछि सरकारले एमसीसीलाई अगाडि बढाइएको हो ।

संसदमा सांसदहरु एमसीसीको पक्ष र विपक्षमा आफ्नो धारण राख्दै दिए । यता सडकमा निरन्तर एमसीसी खारेज गर नो एमसीसी भन्दै विरोध भइरहेका थिए । केहि सातादेखि निरन्तर अशान्त बनेको नयाँ बानेश्वर क्षेत्र आइतबार पनि तनावपूर्ण रह्यो । प्रहरी र प्रदर्शनकारीबीच दोहोरो झडपको अवस्था बन्यो । सडकमा एमसीसीको विपक्षीमा रहेका दल, सर्वसाधरण देखि सत्तारुढ दलकै नेता कार्यकर्ता पनि सडकमा नो एमसीसी, एमसीसी खारेज गर भन्दै थिए ।

व्याख्यात्मक टिप्पणी सहित एमसीसी पास गर्न सहमत भएका नेकपा माओवादी केन्द्रका भातृसंगठनहरु विरोध प्रर्दशनमा भेटिए । एमसीसी यथास्थितिमा पास हुनु नहुने अडानमा थिए ।

सरकारले जनभावनालाई कुल्चिएको र राजनीतिक दलले आफ्नै नेता कार्यकर्तालाई सम्हाल्न नसकेको अवस्था सडकमा प्रष्ट देखिन्थ्यो । यता एमसीसीको विरोधमा उत्रिएका सर्वसाधरण एमसीसी खारेजको विकल्प नभएको बताउँछन ।

२८ फेव्रुवरी अर्थात सोमबार अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने समय सीमाको अन्तिम दिन हो ।।