राजनीति

एमसीसीको समर्थन गर्नेहरु कसरी राष्ट्रघाती ?: गगन थापा


काठमाडौँ – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले एमसीसी सम्झौताको समर्थन गर्नेहरु कसरी राष्ट्रघाती भए भन्दै संसद्मा प्रश्न गरेका छन् । एमसीसीको समर्थन गर्नेहरु राष्ट्रघाती वा गद्दार भएको टिप्पणी गरिरहँदा उनले यस्तो प्रश्न गरेका हुन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले यो सम्झौता पनि अन्य अनुदानको जस्तै भएको जिकिर गरे ।