राजनीति

व्याख्यात्मक घोषणा ग्रहण गरे मन्त्रिपरिषद् बैठक सक्यो


काठमाडौँ – संसद् भवनमा बसेको मन्त्रिपरिषद् बैठक सकिएको छ । ६ मिनेट बसेको मन्त्रिपरिषदको बैठकले अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को व्याख्यात्मक घोषणा ग्रहण गरेपछि बैठक सकिएको हो ।

आज बसेको प्रतिनिधिसभा बैठकमा एमसीसी सैद्धान्तिक छलफल सकिएपछि बसेको मन्त्रिपरिषद बैठक व्याख्यात्मक घोषणा ग्रहण गरेको एक मन्त्रीले बताए ।

आज नै दोस्रो चरणको संसद् बैठक बस्नेछ । अब केही बेरमा बस्ने संसद् बैठकबाट एमसीसी पनि पारित हुने निश्चित भईसकेको छ ।