राजनीति

एमसीसी आजै अनुमोदन हुने, केही बेरमा मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौँ – प्रतिनिधिसभाले अमेरिकी सहयोग परियोजना (एमसीसी) लाई आजै अनुमोदन गर्ने भएको छ । आइतबारको पहिलो चरणको बैठकमा सैद्धान्तिक छलफल सकिएपछि दोस्रो चरणमा एमसीसी निर्णयार्थ पेश गर्ने तयारी छ।
यसैबीच केहीबेरमा मन्त्रिपरिषद् बैठक बस्दैछ । संसद् भवनमै बस्ने मन्त्रिपरिषद्को बैठकले एमसीसीबारेको व्याख्यात्मक घोषणालाई ग्रहण गर्नेछ ।

गठबन्धनमा भएको सहमतिलाई मन्त्रिपरिषले ग्रहण गरेर संसद्मा अनुमोदनका लागि लगिने एक मन्त्रीले बताए । आजै बसेको गठबन्धनको बैठकले एमसीसी व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णय गरेको थियो ।