राजनीति

सित्तैैमा पाएको विष खान सकिन्छ र ?, देउवाले अमेरिकासँग घुडा टेके, प्रेम सुवाल (भिडियो)


काठमाडौँ – नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सित्तैमा पाएको भन्दैमा विष खान नसकिने टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको एमसीसी सम्झौतामाथिको सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई इंगित गर्दै यस्तो बताएका हुन् ।

सित्तैमा पाएको विष खान नसकिने उनको भनाइ छ । ‘ प्रधानमन्त्री शेरबहादुर देउवाले सित्तैमा पाएको रकम किन नलिने भन्नुभयो,’ सुवालले भने, ‘सित्तैैमा पाएको विष खान सकिन्छ र ? खाएमा मृत्यु हुन्छ ।’

उनले एमसीसी नेपालको हितमा नरहेको अनुमोदन गर्न नहुने बताए । आफ्नो सम्बोधनभर उनले एमसीसी सम्झौताको विपक्षमा बोले ।