राजनीति

शर्तै शर्तले बेरिएको एमसीसी आफूलाई अमान्य भएको झलनाथको भनाई


काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमसीसी सम्झौता शर्तै शर्तले बेरिएको भन्दै ती शर्तहरु आफूहरुलाई अमान्य रहेको बताएका छन् । उनले त्यस्ता शर्त मानेर सहयोग लिनुभन्दा आफ्नै साधन र स्रोत प्रयोग गरेर देशको विकास गर्न सकिने बताए ।

सांसदहरुलाई एमसीसी सम्झौता पारित नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभामा एमसीसी प्रस्तावमाथिको सामान्य छलफलमा भाग लिँदै खनालले आफूहरु जनताको प्रतिनिधि भएकाले कुनै पनि सन्धि सम्झौतालाई राम्ररी अध्ययन गरेरमात्र पारित गर्नुपर्ने बताए ।

उनले एमसीसीसँग सम्बन्धित सबै दस्तावेज सदनमा वितरण गर्न सभामुखमार्फत माग गरेका छन् । उनले एमसीसी र एमसीसीसँग भएका पत्राचार पनि सदनले हेर्न पाउनुपर्ने बताए ।