राजनीति

पूर्वमन्त्री श्रेष्ठविरुद्ध अख्तियारमा मुद्दा दायर


काठमाडौँ – पदको दुरुपयोग गरी अकूत सम्पत्ति आर्जन गरेको आरोपमा पूर्वमन्त्री रामकुमार श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । अदालतका उपरजिष्टार तथा सूचना अधिकारी नारदप्रसाद भट्टराईका अनुसार श्रेष्ठविरुद्ध ४ करोड ४५ लाख २७ हजार ६६८ रुपैयाँ बिगो मागसहितको मुद्दा दर्ता भएको छ।

२०७० सालको तत्कालीन खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा श्रेष्ठ पर्यटन मन्त्री थिए । उनी पूर्वसचिव पनि हुन् ।