राजनीति

एमसीसी समर्थन गर्ने राष्ट्रिय गद्दार: भीम रावल


काठमाडौ– नेकपा एमालेका नेता भीम रावलले एमसीसीलाई समर्थन गर्ने जो कोही पनि राष्ट्रिय गद्दार भएको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै व्याख्यात्मक टिप्पणीबाट संशोधन हुन्छ भन्नु जनतलाई ठग्ने कुरा मात्रै भएको उनको भनाइ छ । जनताको अपमान गरेको र सम्झौता पारित गर्ने ‘गद्धार’ भएको उनले टिप्पणी गरेका हुन् ।