राजनीति

संसद् सुरु हुना साथ एमालेको अवरोध


काठमाडौँ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बसेको हो ।

आजको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसदहरूले अवरोध जारी राखेका छन् ।

बैठकमा यही फागुन ८ गते टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ ।

सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन गर्ने निर्णय गरिसकेका छन् ।