राजनीति

सत्तागठबन्धन एमसीसी अनुमोदनको प्रक्रिया अगाडि बढाउन सहमत


काठमाडौँ – सत्तागठबन्धनमा रहेका दलहरू एमसीसी अनुमोदनको प्रक्रिया अगाडि बढाउन सहमत भएका छन्  । एमसिसीमा प्रश्न उठेका प्रावधानबारे व्याख्यात्मक वैकल्पिक प्रस्तावसहित एमसिसी अनुमोदन गर्ने निर्णय गठबन्धनले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले आजै एमसिसी अनुमोदन हुने बताउनुभयो ।

एमसिसी प्रस्तावकै समानान्तर प्रस्तावका रूपमा संसदमा अर्को वैकल्पिक विशेष प्रस्ताव पनि प्रस्तुत हुने भएको छ । एमसीसीसँगै विशेष प्रस्ताव पारित गरेर अमेरिकालाई पनि दिइनेछ ।