राजनीति

 हामी प्रक्रियामा सहभागी हुने अवसरबाट वञ्चित भयौं : सुवास नेम्वाङ


काठमाडौँ – नेकपा एमालेले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि अवरोध कायमै राख्ने भएको छ ।

सत्ता गठबन्धनको बैठकले व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गर्ने निर्णय गरेको छ । तर एमसीसी अनुमोदनका लागि हुने संसदीय प्रक्रियामा सहभागी हुने वातावरण सत्ता गठबन्धनले नबनाएका कारण एमालेले अवरोध जारी राख्ने संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

एमाले प्रक्रियामा सहभागी नहुने भएपछि सत्तारुढ दललाई एमसीसी अनुमोदन गराउन झन् सहज हुने छ । यसअघि आइतबार विहान सत्ता साझेदार दलले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेका थिए ।