राजनीति

एमसीसी आजै पास गर्ने सत्तारुढ गठबन्धनको निर्णय


काठमाडौँ — सत्तारुढ गठबन्धनमा आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।

बालुवाटारमा भर्खरै सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको कांग्रेस एक नेताले बताए ।

नेताका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।