राजनीति

कांग्रेसले आज ६ जिल्लाको अधिवेशन गर्दै


काठमाडौँ — नेपाली कांग्रेसको ६ जिल्लामा आज नेतृत्व चयनका अधिवेशन हुँदै छ । पर्सा, कैलाली, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीमा आज अधिवेशन हुन लागेको हो ।

आज संसद नभएका छ जिल्लामा अधिवेशन हुन लागेको र बाँकी अन्य १० जिल्लाको अधिवेशन यहि फागुन २० गतेसम्म गरिसक्न निर्देशन दिइएको कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव अधिवक्ता केशव रिजालले जनाकारी दिए । रिजालका अनुसार बाँकी जिल्लाले कसैले १८ गते कसैले १९ गते निर्वाचन गर्ने तालिका सार्वजनिक गरेको पनि बताए ।

१४ औं महाधिवेशन अन्तर्गत सिरहा, सप्तरी, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी र सर्लाहीमा महाधिवेशन हुन बाँकी छ । यस्तै कैलाली, अछाम, बाँके, चितवन, मकवानपुर, सिन्धुली, पूर्वी नवलपरासी, सिन्धुपाल्चोकले महाधिवेशन गरेका छैनन् ।