राजनीति

एमसीसीबारे छलफल गर्न एकीकृत समाजवादीको बैठक बस्दै


काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठक आज बिहान ११ बजे बस्ने एकीकृत समाजवादीले जनाएको छ ।

बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल हुने नेताहरूले जनाएका छन् ।

आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ । उक्त बैठक बस्नुअघि एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो ।