राजनीति

८० वर्षिय वृद्ध एमसीसी विरुद्ध सडकमा, राष्ट्रिय स्वाधिनता जोगाउने प्रण(भिडियोसहित)


काठमाडौँ–एमसीसीका कारण राष्ट्रिय राजनीति देखि हरेक क्षेत्र ध्रुवीकृत छ । राष्ट्रियता जोगाउन कै लागि भन्दै समाजको ठूलो हिस्सा एमसीसी सम्झौताको विपक्षमा उभिएका छन् । तर सरकार भने जसरी पनि यो संझौता पास गर्न कम्मर कसेर लागेको छ । उमेरले ८० पुग्नै लागेका जाजरकोटका मोहन सिंह धामीको गाला चाउरी परिसकेका छन ।

कपाल दारी सेताम्मे भइसके । तर मुलुकको मायाले आफु वृद्ध छु भीडभाडमा गाह्रो हुन्छ , झडप भइहाले भाग्न सक्दिन होला, घाइते भए वा चोटपटक लागे के गर्ने भन्ने सोच्नै भ्याएनन् । एमसीसी पास भए मुलुक वर्वाद हुने, अरुको अधिनमा बस्नु पर्नेसुनेपछि एमसीसीको विरोधमा सडकमा आए । उनी भन्दै थिए बरु एक छाक भोको बस्छौ तर अरु अधिनमा बस्न सकिँदैन । रामेछापका धन बहादुर तामाङ पेसाले किसान हुन । उनले पनि आफैले एमसीसी के हो पढेका छैनन् ।

साधारण लेखपढ भएका उनलाई एमसीसी उच्चारण गर्न समेत कठिन छ । तर पनि सडक विरोधमा आए । आखिर किन आए त धन बहादुर एमसीसी विरुद्ध सडक संघर्षमा ? एमसीसी बारे राजनीतिक दल, विद्धान वर्ग जानकारहरु देखि सामान्य मजदुर वर्गसम्ममा प्रभाव परेको छ । सिंगो समाज एमसीसीबारे पक्ष र विपक्षमा विभाजित छ । स्वार्थका आधारमा पक्ष विपक्षी बनेको आरोप समेत लाग्ने गरेको छ । तर सर्वसाधरण भने कुनै स्वार्थका लागि नभई मुलुक र राष्ट्रियता लागि सडकमा आएका छन । यसले राष्ट्रिय स्वाधिनताका लागि सर्वसाधरण कति सचेत छन भन्ने प्रष्टाएको कतिपयको बुझाई छ ।

एमसिसी सम्झौता अनुमोदन गर्ने मिति नजिकिदै छ । एमसीसी विवाद बारे न त सदनमा छलफलको वातावरण बनेको छ न त हरेक दिन उग्र बन्दै गएको सडक संघर्षको निकास नै खोज्न सकेको छ । शीर्ष नेतृत्व अझै पनि एमसीसीलाई राजनीतिक लाभको दाउपेच बनाइ राखेका छन । जसले राष्ट्रिय राजनीतिक समीकरण नै फेरबदल ल्याउने सम्भावना बढेको छ ।