राजनीति

यसकारण देउवालाई सबैको साथ, एमसीसी पास हुने (भिडियोसहित)


काठमाडौँ–आइतबारको संसद् बैठक बस्नुअघि नै एउटा टुंगोमा पुग्ने गरि प्रधानमन्त्री शेरबहादुर देउवा दिनभर दौडधुपमा व्यस्त बने । उसैगरि सत्तापक्षका अन्य दल र प्रमुख प्रतिपक्ष दलले समेत अन्तिम कसरत चलाएको छ ।अब भोलिको प्रतिनिधिसभा बैठकमा एमसीसी कसरी अघि बढ्ला त । बिहान ओलीसँग, दिउँसो प्रचण्डसँग अनि अलि मध्यान्ह भएपछि माधवसँग र फेरि साँझ पर्दा ओलीसँग, प्रधानमन्त्री शेरबहादुर देउवाको एमसीसी चक्करले देश नै गोलचक्करमा फसिरहेको छ ।‘एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव नै पारित हुने निश्चित नभएपछि प्रधानमन्त्री देउवाले संसद् सचिवालयलाई आग्रह गर्दै दुईपटक बैठक स्थगन गराए ।अर्काेपटकका लागि तोकिएको मितिअनुसार आइतबार दिउँसो एक बजे पुनः प्रतिनिधिसभा बैठक बस्दैछ । ठिक यसैबेला गठबन्धनमा अन्तिम कसरत चलिरहेको छ भने प्रतिपक्षले पनि गठबन्धन भत्काउनेअन्तिम अस्त्र खोजिरहेको छ । तर कतैबाट निकासको परिणाम आएको छैन ।

लगालग तीनदिनसम्म चलेको काँग्रेस–एमाले भेटवार्तामा प्रधानमन्त्री देउवा र प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीबीच मोटामोटी सहमतिको संकेत देखियो । तर ओलीले अघि सारेका मुद्धा देउवाका लागि कार्यान्वयन गर्नै चुनौतीपूर्ण देखिएपछि त्यसले निकास पहिल्याउन त सकेन, बरु प्रचण्ड–माधवको छटपटी बढाइदिएको छ । देउवा र ओलीबीच तीन पटक बालकोट, दुई पटक बालुवाटार र एक पटक संसद् भवन नयाँ बानेश्वरमा वार्ताभयो । शनिबार पुनः वार्ता गरेका उनीहरु आइतबार बिहानसमेत प्रतिनिधिसभा बस्नुअघि वार्ताको तयारीमा छन् । यही विषयमा लिएर ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसमेत भेटवार्तामाबसे ।तर देउवालेप्रचण्ड–माधवसँग भन्दा ओलीतिरकै सहमतिलाई सहज मानेपछि गठबन्धनको भविष्यमाथि नै प्रश्न उठेको छ ।काँग्रेस–एमालेको तालमेल हुनै नदिने गरि अघि बढेका प्रचण्ड–माधव यसैकारण एमसीसी पारित गर्न लचक बन्दै गएका छन् । यसअघि एमसीसीको विपक्षमा मतदान गर्ने अडान राख्दै आएकामाओवादी र एकीकृत समाजवादी सत्ता गठबन्धन जोगाउने सर्तसहित एमसीसीमा लचकता अपनाउने संकेत गरेका छन् ।

कदमकदाचित आफुँ सत्ताबाट हट्नुपरे र ओली पुनः सत्तामा पुगे देशै सिध्याइदिन्छन् भन्ने उनीहरुको अनुमान छ । देउवा पनि सकभर गठबन्धनबाटै एमसीसी पारित हुने सुनिश्चिता भए एमालेसँग झन्झट गर्न तयार छैनन् । तर यसैलाई अन्तिम अवसरका रुपमा लिएको एमालेले सरकार पनि चाहिँदैन, गठबन्धन भत्काएर आएमात्रै पुग्छ भन्ने सुविधा दिएपछि देउवा एमालेसँगै अघि बढ्ने देखिएको छ । अमेरिकाले दिएको समयसीमा सोमबार सकिँदैछ । प्रधानमन्त्री देउवाले आइतबारकै संसद् बैठकमा एमसीसीको छिनोफानो लगाउन दौडधुप चलाइरहेका छन् । यसका लागि भए गठबन्धन नभए प्रमुख प्रतिपक्षसँग मिलेर अघि बढ्ने देउवाको रोडम्याप छ । फलतः कुनै घटना परिघटित नभए अबको केही घण्टामैँयसको छिनोफानो लाग्नेछ ।